प्रधानमन्त्री ओली रहेको लुम्बिनी नजिकै शंकास्पद बस्तु भेटियो


 


कपिलवस्तु । लुम्बिनी नजिकै शंकास्पद बस्तु फेला परेको छ । सिद्धार्थराजमार्गको कोटिहवामा विस्फोटक पदार्थजस्तै देखिने वस्तु फेला परेको हो ।

बुद्धजयन्ती मनाइरहेका बेला बुटवल भैरहवा सडक खण्डकमा शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । शंकास्पद बस्तु डिस्पोजलका लागि सेनाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । बमजस्तो बस्तु भेटिएपछि सवारीसाधन आवतजावत रोकिएका छन् ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएको छ भने, राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्