मदन भण्डारीकी छोरी उषाले दासढुङगा हत्याकाण्डबारे के भनिन् ? (भिडियो)


 


काठमाडौं । स्वर्गीय जननेता मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो बुवाको हत्याकाण्डबारे नयाँ खुलासा गरेकी छिन् । स्वर्गीय भण्डारीको २६ औं स्मृति दिवसका अवसरमा प्राईम टाईम्स टेलिभिजनका लागि जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले शुक्रबार राति विशेष कुराकानी गरेका थिए । सोही, टक शोमा भण्डारीकी जेठी छोरी उषाकिरणले उक्त हत्याकाण्डको छानबिन अघि बढिरहेको जनाएकी छिन् ।

उनले आफ्नो बुवाको रहस्यमयी तवरले हत्या नै भएको आफूहरुको बुझाई रहेको दाबी गरिन् । उनले हत्याकाण्डबारे २०५० सालदेखि नै अर्थात सुरुवातदेखि नै अनुशन्धानका कुराहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताईन् । आफ्नो बुवाको हत्यारा पत्ता लगाउने कोशिस जारी रहेको उनको विश्वास छ । उनले भनिन्,”कतिपय कुरा बाहिर आउँछन् । कतिपय कुरा भित्रै रहन्छ ।”

उनले बुवाको हत्याबारे त्यतिवेला नै कतिपय प्रमाणहरु मेटाउने काम भएको आशंका समेत गरिन् । फरक प्रसँगमा उनले आफ्नी आमा अर्थात राष्टपति विद्यादेवी भण्डारीले संस्थाप्रति सम्मान गर्दै आफ्नो शतप्रतिशत योगदान दिएर न्याय नै गरेको पनि विश्वास व्यक्त गरिन् ।

 

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्