नेपाली कांग्रेसलाई म्युजियममा होईन्, बाबुरामलाई चिडियाखानामा राख्नुपर्छ नेता गुरुङ


 


काठमाडौ नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले समाजपार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई चिडियाखानामा राख्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली काँग्रेसलाई म्युजियममा राख्नुपर्छ भन्ने अभिव्यक्ती दिएका भट्टराईलाइ चिडियाखानामा राख्नुपर्ने बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता गुरुङले पार्टी फेर्दै हिड्ने डा भट्टराईलाई चिडियाखानामा राख्नुपर्ने उल्लेख गरेका छन् ।

“शुक्रबार डा बाबुराम भट्टराईले नयाँशक्ती पार्टी र संघीय समाजबादी पार्टीको एकतापछिको देशब्यापी भाषणमा नेकपा समाप्त हुने र काँग्रेसलाई म्युजियममा राख्नुपर्ने सार्बजनिक अभिब्यक्ती दिएपछि राजनीतिक बृतमा नबगठीत समाजबादी पार्टी नेपाल र डा भट्टराईका बिषयमा टिकाटिप्पणीहरु हुने गरेका छन् ।, नेता गुरुङ्ले लेखेका छन, एकजना पार्टी फेर्दै हिंड्ने श्रदेय नेताले ‘नेपाली कांग्रेसलाई म्युजियममा राख्नुपर्छ’ भनेका रहेछन्। तर पार्टी फेर्दै हिंड्ने नेता यस्ता हुन्छन् भनेर प्रदर्शन गर्न चिडियाखानामा राख्नुपर्छ भनेर म भन्न चाहन्न किनकी राजनीतिमा विचारको वहस चलाउनु पर्छ, नकि गालीगलौजको।”

डा. भट्टराईतर्फ संकेत गर्दै नेता गुरुङले राजनीतिमा बहस चलाउनु भनेको राम्रो कुरा भएको समेत खुलाएका छन् ।

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्