मिस एसईई २०१९को विजेता प्रज्ञा भण्डारी


 


धरान । धरान जेसीजको आयोजना तथा धरान जेसीज भूपू अध्यक्ष क्लबको संयोजनमा संचालित छैठौं संस्करणको टेष्टी टेष्टी मिस एस ई.ई. २०१९ प्रतियोगिताको विजेता प्रज्ञा भण्डारी घोषित भएकी छन् ।

शनिबार साँझ धरान सभागृहमा सम्पन्न प्रतियोगितामा लोटस विद्या विहार धरानकी छात्रा भण्डारी विजेता बन्दै टेष्टी टेष्टी मिस एस ई.ई. २०१९ को उपाधी, ताज, ट्रफी, नगद ४० हजारको चेक, मोवाईल सेट, धरान आर्दश कलेजमा प्लस टु सम्म निशुल्क अध्ययन गर्ने अवसर साथै काठमाडौमा आयोजना हुने मिस टीन प्रतियोगितामा सहभागि हुने अवसर पाएकी छन् ।

प्रतियोगितामा भण्डारीले मिस व्युटिफूलको उपाधी पनि जितेकी छन् । यसैगरी विष्णु मेमोरियल बोडिङ स्कुल धरानकी छात्रा सिम्रण हल्वाई फस्ट रनरअप भईन् । उनले ताज, ट्रफी, नगद ३५ हजारको चेक, मोवाईल सेट, धरान आर्दश कलेजमा प्लस टु सम्म ५० प्रतिशत छुटमा अध्ययन गर्ने अवसर पाईन् । भने दिल्ली पब्लिक स्कुल धरानकी सिम्रण खड्गी सेकेन्ड रनरअप बन्दै उनले ताज, ट्रफी, नगद ३० हजारको चेक, मोवाईल सेट, धरान आर्दश कलेजमा प्लस टु सम्म ५० प्रतिशत छुटमा अध्ययन गर्ने अवसर पाईन् । खड्गीले वेष्ट ड्रेसको उपाधी पनि जितिन् ।

गत बैशाख ८ गते अडिशनबाट छनौट भएका ३० जना सहभागि छात्राहरु बीच भएको सो प्रतियोगितामा मिस फे्रन्डसीप समिट सेकेन्डरी बो.स्कुल धरानकी सामना राई घोषित भईन् । भने मिस डिसीप्लीन युरेका रेसिडियन्ट स्कुल धरानकी अलिस्का रत्ना नेपाली, मिस एक्टिभ फेवा सेकेन्डरी बो.स्कुल केराबारी, मोरङकी दिपशीखा लिम्बु, मिस ईन्टलएक्च्युअल मंगलादेबि सेकेन्डरी स्कुल धनकुटाकी रजनी लिम्बु, मिस ट्यालेन्ट के.के.ईन्टरनेश्नल स्कुल धरानकी सोनिका बजाज, मिस हस्पिटालिटी शैनिक स्कुल धरानकी तनिसा श्रेष्ठ, मिस पर्सन्यालिटी नवज्योति स्कुल धरानकी नाम्लिङमा लिम्बु, मिस फोटो जेनिक मेरिल्याण्ड ई.बो.स्कुल धरानकी मिङ्सो लिम्बु, मिस फिटनेश विष्णु मेमोरियल बो.स्कुल धरानकी अंशु कार्की, वेष्ट वाक मेरिल्याण्ड ई.बो.स्कुल धरानकी लुजी लिम्बु घोषित भए ।

प्रतियोगिताको प्रमुख निर्णायक मिस नेपाल उषा खड्गी तथा अन्य निर्णायकहरुमा नेपाल जेसीजका अध्यक्ष महेश पौडेल, प्लान नेपालका ईटहरी एरिया म्यानेजर कलावती चेम्जोङ, प्राध्यापक समि लामा र प्रा.डा.संजीव शर्मा रहेका थिए । धरान जेसीजका अध्यक्ष मनिष शाहीको सभापतित्वमा भएको सो कार्यक्रममा विभिन्न साँगितिक कार्यक्रम समेत आयोजना भएको थियो । जसमा गरिमा डान्स सेन्टर धरानका कलाकारहरु तथा सुनाखरी एकेडेमी, डिपोट स्कुलका छात्राछात्रहरुले आकर्षक नृत्य तथा अर्जुन घिमिरेले गीन प्रस्तुत गरेका थिए ।

बि.स.२०७५ सालको एस ईई परिक्षा दिएर बसेका १४ देखि १९ वर्ष सम्मको उमेरका, उचाई कम्तिमा ५ फिट, अविवाहित छात्राले आफनो अभिभावकको मन्जुरीनामा भएर अडिशनमा सहभागिता जनाई सो मिस एस ई.ई. प्रतियोगितामा सहभागिता जनाएको धरान जेसीजकी मिडिया कोओडिनेटर सन्जु राईले बताईन । गत बैशाख ८ गते धरानमा सम्पन्न अडिशनबाट छनौट भएका ३० जना छात्राहरुलाई २१ दिनको बन्द प्रशिक्षण पश्चात शनिबार ग्राण्ड फिनालेमा प्रतिष्पर्धा गराइएको हो ।

मिडिया कोओडिनेटर राईको अनुसार उनीहरुको व्यक्तित्व विकासको निम्ती बन्द प्रशिक्षण मार्फत दुई दर्जन जति व्यवहारिक जीवन उपयोगि ज्ञान प्रदान गरिएको हो । जसमा लाईफ स्किल, उदघोषणकला, भाषणकला, महिला अधिकार, महिला स्वास्थ्य चेतना, सृजनात्मक लेखन, आर्थिक साक्षरता, नेतृत्वकला बिकास, सम्बध व्यवस्थापन (समाज, मिडिया), सकारात्मक सोच बिकास, गर्ल यु क्यान क्याटवाक रयाम्पवाक, नृत्य, डाईनिङ इटिकेट, प्राथमिक उपचार कोर्ष, आधारभुत पत्रकारिता तालिम, उत्प्रेरणा, विपद व्यवस्थापन, कार्यक्रम व्यवस्थापनलगायतका जिवन उपयोगी तालिम प्रदान साथै विभिन्न शैक्षिक, पर्यटकीय स्थल, औधोगिक भ्रमण समेत गराईएको हो ।

तालिमको माध्यमबाट युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने धरान जेसीजले एस ईई परिक्षा दिएर बसेका छात्राहरुलाई जीवन उपयोगी विभिन्न तालिम दिदै उनीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यमको रुपमा मिस एस ई.ई.को आयोजना गरेको क्रिएटिभ डाईरेक्टर तथा पूर्व अध्यक्ष मानभगत चाम्लिङ राईले बताए । सन् २०१४ बाट सुरु उक्त प्रतियोगिता अन्तरगत २०१४ को विजेता रीया बजाज, २०१५ को विजेता एलिशा लिम्बु, २०१६ को विजेता प्रमु गुरुङ, २०१७ को विजेता निशाम लिम्बु र २०१८ को विजेता नबिना मग्राती बनेका थिए ।

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्