मिडिया काउन्सिल विधेयकमा भएको जरिवाना र कैद हटाइदै


 


काठमाडौं । मिडिया काउन्सिल विधेयक सच्चिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान विषेश छफफल गरेका छन । मिडिया काउन्सिलसम्बन्धी विद्येयक जस्ताको त्यस्तै पारित नहुने गरि मिलाउन सञ्चारमन्त्री गोकूल प्रसाद बास्कोटालाई निर्देशन दिएका छन । विधेयकमा भएको जरिवाना, कैद र क्षतिपूर्तीको विषय कम गर्ने तयारी भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले विधेयक सच्चिने जानकारी दिए । विद्येयक संसदमा दर्ता नहुँदै पत्रकारहरु आन्दोलित भएका थिए । अहिलेपनि पत्रकारहरु देशव्यापी रुपमा आन्दोलित छन् । तर, प्रधानमन्त्री ओली भने यो विद्येयक कुनैपनि हालतमा फिर्ता नगर्ने निश्कर्षमा पुगेका छन् ।

६ दिने लामो विदेश भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएर आएलगत्तै त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री ओलीले विद्येयक पारित हुने चन्दै पत्रकारहरुको आन्दोलनको कुनै तुक नभएको जिकिर गरेका थिए ।

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्