अदालतबाट छुटेलगत्तै कल्पना सुवेदीले छाडिन् विप्लव समूह


 


भैरहवा । नेकपा विप्लव समुहकी रुपन्देही नेतृ कल्पना सुवेदीले सो पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले विगतमा आफु त्यो पार्टीमा समर्पित भएर काम गरे पनि अबका दिनका पार्टी परित्याग गरेको जनाएकी छन् ।

विप्लव नेतृत्वको नेकपा अन्तर्गत अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षको जिम्मेवारीमा रहेकी सुवेदीले प्रेस बिज्ञप्ति मार्फत सवै पदबाट राजीनामा दिएको घोषणा समेत गरेकी छन् ।

उनले पारिवारिक तथा कमजोर स्वास्थ्यका कारण सो पार्टीमा रहेर काम गर्न नसक्ने भएकाले आफुले राजीनामा दिएको समेत बताएकी छन् । विप्लव माओवादी भएको भन्दै प्रहरीले समेत पक्राउ गरी अदालतबाट धरौटीमा रिहा भएकी सुवेदीले अबका दिनमा स्वतन्त्र रुपमा आफु बाच्ँन चाहेकाले राजीनामा दिएको बताइन् ।

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्