पाँचथरको मिक्लाजुङ गाउँमा शोक र त्रास (भिडियोसहित)


 


पाँचथर, जेठ ९

पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा ९ जनाको हत्या भएसँगै स्थानीयबासी त्रसिद बनेका छन् । उक्त घटना भएको आसपास क्षेत्रका स्थानीयहरु डरका कारण अहिले पनि घरमा बस्न सकेका छैनन् । स्थानीय श्यामकुमारी लावतीले ९ जनाको विभत्स हत्यापछि गाउँमा त्रास सिर्जना भएको बताउँदै शान्ति सुरक्षाको माग गरिन् ।

स्थानीय ब्यापारी मनमाया माखिमले विभत्स हत्याले गाउँमा शोकमा डुब्नुको साथै त्रासको वातावरण बनेको बताइन् । यस्तै, ३ नम्बरका वडाध्यक्ष हस्तराज फ्याकले दुखद घटनाले गाउँ नै शोकमा डुवेको बताए । उनले दोषीको पहिचान गरी हदैसम्मको कार्वाहीको माग गरे । मृतक बमबहादुरकै घर नजिकै रहेकी आफन्त कान्छीमाया फ्याकले असुरक्षाका कारण गाउँ नै छोड्न लागेको बताइन् ।

९ जनाको विभत्स हत्याले गाउँमा बस्न सक्ने अवस्था नभएको उनको भनाई छ । त्यस्तै, छिमेकी नरमाया फ्याकले पनि असुरक्षाका कारण गाउँमा बस्न कठिन भएको र अन्य गाउँमा शरणमा बस्न बाध्य भएको बताइन् ।

 

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्