गान्धीले हार स्वीकार्दै मोदीलाई दिए बधाई


 


एजेन्सी, जेठ ९

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले भारतीय लोकसभा चुनावमा हार स्वीकार गरेका छन् । लोकसभा चुनावमा भारतीय जनता पार्टीले प्रचण्ड बहुमतका साथ दोस्रो पटक सत्तामा फर्किने निश्चित भएसँगै राहुलले हार स्वीकारेका हुन् ।

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । राहुलले अमेठीमा हार स्वीकार्दै हारको जिम्मेवारी पनि आफैले लिएका छन् । अमेठीका जनताले गरेको निर्णयलाई म स्वीकार्छु र अमेठीका जनताले देखेका भरोसालाई स्मृतिले जोगाएर राख्नेछिन् । यसमा मलाई विश्वास छ, राहुलले भने ।

राहुल भन्छन्, अरु कसैले मलाई गाली गरे पनि म प्रेमपूर्वक बोल्नेछु । बीजेपी र कांग्रेसको लडाई विचारधाराको हो । राहुलले आफ्ना कार्यकर्ता तथा उम्मेदवारहरुलाई धैयर्ता नगुमाउन पनि भनेका छन् ।

ुयो मोदी र बीजेपीको जित हो र म फेरि पनि बधाई दिन चाहन्छुु, राहुलले भने । सबै कांग्रेस विचारधाराका एक भएर आफ्नो गरिमा र प्रतिष्ठालाई जोगाएर राख्ने राहुलले विश्वास लिएका छन् । राहुल गान्धी अमेठीबाट स्मृति इरानीसँग पछि रहे पनि उनी केरलको वायनाडबाट भने अत्याधिक मतका साथ जितको बाटोमा रहेका छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्