काँग्रेस सभापति देउवाले पनि मोदीलाई दिए बधाई


 


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई बधाई दिनुभएको छ । देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकोमा बधाई ज्ञापन गर्नुभएको हो ।

उहाँले नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल र भारत बीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दवैै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास लिएको छु ।’

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्