विद्यार्थी र अभिभावकको झगडा छुटाउन जाँदा हेडसरको आँखा नै फुट्यो



काठमाडौं । विद्यार्थी र अभिभावकको झगडा छुट्टयाउन जाँदा प्रधानाध्यापकको आँखा फुटेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६ मा रहेको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक निर्मल तामाङको विद्यार्थीको कुटाइबाट आँखा फुटेको हो ।

विद्यार्थीको कुटाइबाट तामाङको देब्रे आँखा फुटेको हो । २२ वर्षीय विद्यार्थी छिरिङ तामाङको कुटाईबाट उनी घाइते भएका हुन् । अभिभावकमाथि जाइलागेका छिरिङलाई छुट्याउन जाँदा उनले प्रधानाध्यापकमाथि नै कुटपिट भएको गरेका हुन् ।

छिरिङ विद्यालयबाट १०र१५ दिन हराउने र फेरि सम्पर्कमा आउने गरेपछि उनका अभिभावकले आफ्नो छोरा समय समयमा यसरी विद्यालयबाट हराउनुको पछाडि कतै लागुऔषध दुर्व्यसनीमा फसेको त होइन भन्ने विषयमा विद्यालयका निर्देशक महावीर लामाको कार्यकक्षमा सोधपुछ गर्न पुगेका थिउ । सोही क्रममा उनले अभिभावकमाथि आक्रमण गरेका थिए । आक्रमण छुटाउने क्रममा उनले प्रधानाध्यापकमाथि नै आक्रमण गरेका हुन् । केन्द्रबिन्दुबाट

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News