सरकार बिरुद्ध माधव नेपाल, मिडिया काउन्सिल विधेयकको विरोध


 


काठमाण्डौँ । सरकार नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अघि सारेको मिडिया काउन्सिल विधेयकको विरोध गरेका छन् ।

उनले विधेयक जस्ताको तस्तै पारित नगरी पर्याप्त परिमार्जन गर्नुपर्नेमा जोड दिए । ‘मिडिया काउन्सिल विधेयकको धेरै विरोध भएको छ’, नेपालगञ्जमा शनिबार सञ्चारकर्मीसँग नेता नेपालले भने, ‘ सबै पक्षलाई मान्य हुने गरी परिमार्जन गर्नुपर्छ ।’ उनले विवादका बीच ल्याइएको विधेयकले कसैलाई राम्रो नगर्ने भन्दै सबैको अपनत्व हुने गरी विधेयक पारित गर्नुपर्नेमा जोड दिए ।

सरकारले प्रेसमाथि अंकुश लगाउन नहुने नेता नेपालले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विधेयक जस्ताको त्यस्तै पारित भए सरकारको लोकप्रियता घट्ने समेत चेतावनी दिए । फरक प्रसंगमा नेता नेपालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीति नगर्न आग्रह गरे । हतियारको राजनीति सफल नहुने भन्दै नेता नेपालले शान्तिपूर्ण तरिकाले जनताको मन जित्ने काम गरेर सत्तामा आउन विप्लवलाई सुझाव दिए ।

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्