इमान्दार ट्याक्सी चालक, सडकमा भेटेको २९ हजार प्रहरीलाई बुझाए


 


दमक, जेठ ११

सडकमा भेटिएको रकम दमकका एक ट्याक्सी चालकले प्रहरीमा बुझाएका छन् । दमक १ घर भएका प्रल्हाद गौतमले दमक चौंकको ट्याक्सी स्टेण्डमा आज दिउँँसो भेटेका २९ हजार रुपैयाँ इलाका प्रहरी कार्यालय दमकमा बुझाउनु भएको हो ।

हराएको व्यक्तिले आफ्नो रकम दावी गरे रकम फिर्ता गरिदिने सर्तमा गौतमले प्रहरी नायव निरीक्षक रामप्रसाद भट्टराईलाई उक्त रकम बुझाउनुभएको हो ।

सडकमा छरपस्ट अवस्थामा पैसा झरेपछि सो पैसा सम्बन्धित व्यक्तिसम्म पुगोस भन्ने हेतुले रकम प्रहरीमा बुझाएको गौतमले वताउनुभयो ।
सडकमा भेटिएको रकम यसरी बुझाउने कार्य चालक गौतममा इमान्दारिताका साथ देखिएको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताउनुभयो । सप्तरंगी एफएमको अनलाईनबाट साभार

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्