भारतको दादागिरी ! काेसीकाे प्यालट च्यानलमा पानी छाड्दा ९० घर परिवार सम्पर्क विहिन


 


सुनसरी,जेठ ११
भारतीय पक्षले कोसी नदीमा वनाएको प्यालट च्यानलमा शुक्रवार अबेर साँझ एक्कासी पानी छोड्दा नेपाल तर्फका झण्डै ९० परिवारका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टा देखि सम्पर्कविहीन भएका छन्। कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले एक्कसी पानी छाेड्दा ९० परिवारका ब्यक्तपहरू सम्पर्क विहिन भएका हुन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढाका ९० परिवार पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी गराए। साहले वस्तीको पश्चिम तर्फवाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको बताउँदै उक्त च्यानलमा पानी छोड्नु अघि स्थानिय स्तरमा पूर्व जानकारी गराउनु पर्नेमा नगरीकन भारतीय पक्षले एक्कासी पानी छोडेपछि स्थानीय परिवार बेपत्ता भएका हुन् ।

मेयर शाहले आपत्कालीन वचावका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले वगाएर लगेको छ । स्थानीयहरुका अनुसार गाउँलेहरुले संकलन गरेर राखेको काठ दाउरा, घर वनाउन प्रयोग गरिने खडही सहित केही पशु चौपाया समेत नदीको वेगले वगाएको छ । मेयर साहले क्षतिकाे विवरण आइनसकेको वताए। उनले सम्पर्कको प्रयास भइरहेकाे बताए । केही स्थानीयहरुसँग फोनमा कुराकानी भए पनि एक्कासी नदीको वहावले सिंगो वस्तीनै घेरीए पछि त्यहाँ सम्म पुग्न वा त्यहाँ फसेकाहरुलाई निकाल्न सक्ने अवस्था भएकाे छैन । ‘मानवीय रुपमा हताहातको सम्भावना अहिले सम्म देखिएको छैन, तर अवस्था यस्तै रहियो भने झन् विकराल स्थिती सृजना हुन सक्छ।’ मेयर साहले भने ।

कोसी नदीमा भारतीयहरुको मनपरी पराकाष्ठा नाघेको मेयर साहको प्रतिक्रिया छ। ‘कोसी सम्झौता अनुसार कोसीमा भारतीयहरुलाई आफु अनुकुल काम गर्ने अधिकार छ तर यसको अर्थ नेपाली पक्षसँग समन्वय नै नगरी गर्ने हैन’, मेयर साहका अनुसार कंकालिनी नगरपालिकाको एउटा वडा कोसी नदीको बीच भागमै रहेको छ, कोसीमा बाढी आउने समय पनि प्रारम्भ नभइसकेको अवस्था मा कृत्रिम रुपमा खनिएको च्यानलमा पानी छोडदा कम्तीमा पूर्व जानकारी गर्नुपर्नेमा भारतीय पक्षले केहि गरेकाे छैन ।

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्