आइतबार मेघ गर्जनसहित वर्षा र हुरीबतास चल्ने सम्भावना


 


काठमाडौँ, जेठ १२

देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमका पहााडी क्षेत्रको मौसम आइतबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पूर्वका केही ठाउँमा र मध्य र पश्चिमका एक वा दुई ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । बेलुकातिर केही क्षेत्रमा हुरी बतास चल्ने सम्भावना पनि छ ।

यस्तै आइतबार राति देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । घाम चर्किने भएकाले गर्मी बढ्ने मौसमविदको भनाई छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्