सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्नेलाई कारबाहीको माग


 


काठमाडौं । विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेपनि कार्कावाहीको कुनै प्रकृया थालिएको छैन ।

अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरे । ह्युज ए रेक्सहनले विश्वको सर्वोच्च शिखर सगरमाथामा हस्तमैथुन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखियो ।

‘आज सगरमाथासँगका सबै कीर्तिमानहरू तोडिँदै गर्दा हामीले पहिलोपटक पृथ्वीको सबैभन्दा उच्च शिखरमा हस्तमैथुन गरेको देखेको छौँ’, करिम शाह निजारीले ट्वीटमा तस्वीर राखेर भनेका छन्, ‘भर्जिन आइल्यान्डका ३६ वर्षीय ह्युज ए रेक्सहनले स्थानीय समयअनुसार ११ः११ बजे बिहान १ सय २० दर्शकहरूको उपस्थितिमा यो उपलब्धि हासिल गरेका हुन् ।’

करिम शाह निजारीले हस्तमैथुन गर्दै गरेको तस्वीर ट्वीटरमा पोस्ट गर्दै ट्वीट गरेका छन् । रेक्सहन बिहीबार सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् । अमेरिकन नागरिकले विश्वकै सर्वोच्च शिखर सथरमाथाको चुचुरोमा पुगेर गरेको यो दुश्सासको चौतर्फी विरोध भएको छ ।

सगरमाथाको चुचुरोमा पुगेर हस्तमैथुन गर्ने अनुमति कसले र किन दियो भनेर सरकारको आलोचना भएको छ । सामाजिक सञ्जालमा सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्ने अमेरिकन नागरिक उनीसँगै रहेका साथीहरूलाई कारबाहीको माग गरिएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्