भारतले कोशी नदीको धार फर्काएपछि सप्तरीमा डुबान, ९० परिवार विस्थापित


 


सप्तरी : भारतले कोशी नदीको धारलाई फर्काएपछि सप्तरीमा नब्बे परिवार विस्थापित भएका छन् । भारतले नदीको धार फर्काएपछि हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोवरगाढाका बासिन्दा डुवानमा परेर विस्थापित भएका हुन् ।

बिस्थापित परिवारका करीव ३ सय जना गोवरगाढाको थुम्कोमा आश्रय लिइरहेका छन् । भारतले केही बर्षअघिदेखि एकतर्फी रुपमा खन्दै आएको पाइलट च्यानलमा पानी छाडदा डुवानको अवस्था आएको हो । पानी छाडदा पूर्व जानकारी समेत नदिएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्