आगोमा परि खुट्टा गुमाएकी किशोरिलाई पाथिभरा मिडिया ग्रुप प्रवाश नेपालले गर्यो आर्थिक सहयोग


 


काठमाडौं बालापनमा आगोमा परि एउटा खुट्टा आधा गुमाएर उपचारको अभावमा छटपटाइ रहेकि एक किशोरिले सहयोको याचना गरेकि छन् ।
भोजपुर जिल्लाको साबिक देवान्टार आम्चोक गाउँ पालिका ६ निवासि सबिना कुँवर ले आफुलाई सहयोग गरिदीन अनुरोध गरेकि हुन । बचपनमा आगोमा परि एउटा खुट्टा जलेर औला छिनेको र परिवारको अवस्था नाजुक भएका कारण उपचारमा समस्या भएकाले सहयोगका लागी परिवारजनले आग्रह गरेका हुन ।

सोहि खुट्टाको उपचार हुन ननसकेको कारण आफुले राम्रो सँग पढ्न नपाएको उनी गुनासो गर्छीन ,“डाक्टरले छिट्टै सर्जरी गर्नु पर्छ भनेका छन “उनले गहभरी अाँसु पार्दै भनिन” भनेजती पैसा छैन के गर्ने ? मिडियाको क्षेत्रमा औधि रुची राख्ने उनी यतिबेला उपचार गरिदीने सहयोगी मन हरुको खोजिमा छिन ।

यस्तै यो समाचार पाथिभरा न्युजमा प्रकाशित भएपछि सहयोगी मनहरुको संस्था २०७० सालमा स्थापना भई विभिन्न कार्यक्रम संघ सस्था खेलकुद र रेडियो सँग सह कार्य गर्दै दुःखी पिडित लाई सहयोग गर्दै आएको सामाजिक कार्यमा एक कदम अगाडि गजल साहित्य प्रती समर्पित मिडिया को दुनिया मा पहिलो नेपाल सरकार द्वारा मान्यता प्राप्त पुर्व अञ्चलकै सान मिडिया प्रति हाम्रो सम्मान भन्ने मुल उदेश्य बोकेर निरन्तर अगाडि बडिरहने पाथीभरा मिडिया ग्रुप प्रवाश नेपालले कुँवरको उपचारको लागी चासो देखाएको थियो ।
पाथीभरा मिडिया ग्रुप प्रवाशले अहिले दुईवटा अनलाइन न्यज प्रोटल पनि संचालन गर्दै आएको छ

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्