सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेकाे संख्या दश पुग्याे


 


काठमाडौं,जेठ १२
सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ । शनिबार ४४ वर्षीय बेलायती नागरिक रोबिन ह्यानेसको मृत्यु भएसँगै यो सिजनमा आरोहणका क्रममा मृत्यु हुनेको संख्या १० पुगेको हो ।

चुचुरोमा पुगेर फर्कने क्रममा ह्यानेस आठ हजार ७०० मिटरमा आइपुग्दा बेहोस भएको र १५० मिटर तल खसेको जनाइएको छ । उनलाई उद्धार गर्ने कोसिस गरिएको थियो। तर उद्दार पहिले नै उनको मृत्यु भएको काठमाडौँस्थित एभरेस्ट परिवार ट्रेकले जनाएको अलजजिराले उल्लेख गरेको छ ।

अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन भएकाले आरोहीहरुको भीड बढेको छ । भीड बढेसँगै सगरमाथा शिखरमा ट्राफिक जामका कारण आरोहीको मृत्यु हुने क्रम बढेको हो ।

शुक्रबार मात्रै आयरल्याण्डका केभिन ह्याइनेस र नेपाली गाइड धुब्र विष्टको मृत्यु भएको थियो।

यसपटक ३०० भन्दा बढी आरोहीहरूले सगरमाथा आरोहणको लागि स्वीकृति लिएको बताइएको छ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्