गृहमन्त्रीले गरे तातोपानी नाका निरीक्षण,बन्द नाका चाँडै खुल्ने


 


सिन्धुपाल्चोक,जेठ १२
गृहमन्त्री रामबहादुर थापाले नेपाल–चीन सिमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानी नाका निरीक्षण गरेका छन् । उनले लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुलको निरीक्षण गरेका हुन् ।

नाका निरीक्षणपछि गृहमन्त्री थापाले बन्द नाका चाँडै खुल्ने बताए । नाकाबाट तस्करी तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन पनि दिए ।

चार वर्षअघिको गोरखा भूकम्पबाट ध्वस्त भएपछि बन्द रहेको तातोपानी नाका खुलाउन हाल दुबैतर्फ पूर्वाधारको काम भइरहेको छ । ०७० पुस ५ गते निर्माण थालिएको अत्याधुनिक सुक्खा बन्दरगाह निर्माण सम्पन्न भइसकेको छ । सीमा पुलको काम पनि करिब सम्पन्न भएको छ ।

चीन सरकारले अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्म र त्यहाँदेखि बाह्रबिसेसम्म सडक डिभिजन कार्यालय दोलखाले सडक बनाइरहेको छ ।

चिनियाँ पक्षले आगामी सातासम्ममा तातोपानी नाका सञ्चालनमा ल्याउने बताएको छ । शनिवार गृहमन्त्री रामबहादुर थापा र व्यवसायीहरुको छुट्टाछुट्टै टोलीले नाकाको अवलोकन गरेको हो ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्