धरानमा दिउँसै गोली प्रहार गरि बैंकका कर्मचारीको चार लाख लुटियो



धरान,जेठ १२
सुनसरीको धरान उपमहानगरपालिका वडा नं ५ स्थित साउनेमा गोली प्रहार भएको छ । जीवन विकास संस्था नामको बित्तिय संस्थाका कर्मचारीमाथि गोली प्रहार गरेर नगद लुटिएको हो ।

गोली प्रहारबाट कर्मचारी शम्भु गच्छदार घाइते छन् । उनको हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । गच्छदारसँग भएको ४ लाख नगद लुटिएको बताइएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले घटनाको पुष्टि गरेका छन् । एसपी अधिकारी अहिले धरान आइरहेका छन् भने घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली गएको छ ।

घटनापछि धरान र आसपासको नाकामा कडाई गरिएको छ । ‘गोली चलाएको भन्ने अपुष्ट खबर आएको थियो । कुहिनामा चोट लागेको भन्ने छ । घटनामा डिएसपी सापको टोली गएको छ, म आफै पनि धरान आउदैछुँ,’एसपी अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News