खानेपानी मन्त्री मगरद्वारा टीकापुरमा ५५ करोडको खानेपानी आयोजनाको उद्घाटन


 


टीकापुर (कैलाली ) । खानेपानी मन्त्री  बिना मगरले कैलाली जिल्ला स्थित टीकापुर खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्नुभएको छ ।
एसियाली विकास बैंकको त्रृण सहयोगमा संचालित कूल ५५ करोड ९२ हजार लागतको उक्त आयोजनाको खानेपानी मन्त्री मगरले उद्घाटन गर्नु भएको हो ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालयले सो आयोजना अगाडि बढाएको हो । टीकापुर  खानेपानी आयोजनाबाट ५५ हजार ७ सय ५० जनसंख्या  लाभान्वित हुनेछन् भने ८ हजार ४ सय १३ घरधुरीले खानेपानी प्रयोग गर्नेछन् ।
उक्त आयोजनाको काम निर्धारित समय २ वर्ष भित्रै सम्पन्न भएको हो ।


आयोजनाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले टीकपुरजस्तै देश भरका अन्य नगरपालिका र गाउँपालिकाहरुमा समेत खानेपानी आपूर्ति गर्न मन्त्रालयले गुरुयोजना बनाउन लागेको बताउनुभयो । उहाँले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन सरकार गम्भीर रहेकोे स्पष्ट पार्नु भयो ।
जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पुर्याउने र ढल व्यवस्थापन गर्ने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री मगरको भनाइ छ ।
विभागका महानिर्देशक सुनिलकुमार दासले आधारभूत खानेपानीको पहुँच पु-याउने कार्यमा उपभोक्ता समितिहरु संग सधैं सहकार्य गर्न विभाग तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्