जताततै विप्लवको बम बिस्फोटपछि उच्च सुरक्षा सतर्कता अपनाउन गृहमन्त्रीको निर्देशन


 


काठमाडौं, जेठ १२

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजधानीमा आइतबार अपरान्ह भएका विस्फोटपछि उच्च सुरक्षा सतर्कता अपनाउन तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको आकस्मिक सुरक्षा समिति बैठकमा गृहमन्त्री बादलले थप जनशक्ति परिचालन गरि सुरक्षा व्यवस्था मजबुत बनाउन र यस्ता घटना दोहोरिन नदिन निर्देशन दिएका हुन्।

बैठकमा नेपाल प्रहरी , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित महानगरीय प्रहरी कार्यालय र काठमाडौं प्रहरी परिसरका प्रमुखसमेतको उपस्थिति रहेको थियो। उनीहरुले घटनाबारे गृहमन्त्रीलाई ब्रिफिङ गरेका थिए।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्