काठमाडौंमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ४ पुग्यो


 


काठमाडौँ, जेठ १२

काठमाडौंमा आइतबार अपराह्न भएको बम विस्फोटनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । सुकेधारा विस्फोटमा थप एकको मृत्यु भएपछि मृतकको संख्या बढेको हो ।

सुकेधारा ढलान पुल नजिक दिउँसो बम विस्फोट हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । घाइतेमध्ये ओम अस्पतालमा उपचाररत एक जनाको राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै अपराह्न भएको सिलिन्डर बम विस्फोटमा अनामनगरमा एक जनाको मृत्यु भएको छ। मृतक नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका विद्यार्थी नेता प्रज्ज्वल शाही हुन्।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्