आज विप्लवको बन्द, देशभर उच्च सुरक्षा सतर्कता


 


काठमाडौं, जेठ १३

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागेर ज्यान गएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

कार्यकर्ताको ज्यान लिएको विरोधमा विप्लव समूहले आज सोमबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दमा हुने सम्भावित गतिविधिलाई लिएर सुरक्षा निकायले उच्च सतर्कता अपनाएका हुन् । नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएर बन्दको प्रतिरोध गर्ने तयारी गरेको छ।आइतबार राजधानीका बिभिन्न ठाउँमा बम विस्फोट भएपछि प्रहरी थप सतर्क बनेको छ ।

भोजपुरमा जिल्ला प्रहरी र संघीय प्रहरीको संयुक्त कारबाहीमा विप्लवका एक कार्यकर्ताको ज्यान गएको थियो । प्रहरीले तिर्थराज घिमिरेको खुट्टामा गोली लागेको बताएपनि उपचारका क्रममा उनको ज्यान गएको थियो ।

विप्लव समूहको गतिविधि आपराधिक बनेको भन्दै सरकारले केही महिना अघि उक्त समूहलाई आपराधिक समूह घोषणा गर्दै राजनीतिक गतिविधीमा रोक लगाएको थियो । त्यसअघि विप्लव समूहले ललितपुरको नख्खुस्थित एनसेल भवन अगाडि गराएको विस्फोटमा एक जना सर्वसाधारणको ज्यान गएको थियो ।

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्