देशभर विप्लव बन्दको आतंक, यातायात फाटफुट, बजार शुन्य


 


काठमाडौं आज विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दको प्रभाव उपत्यकामा सामान्य देखिएको छ । नेकपाले सरकारतर्फबाट आफ्ना कार्यकर्ताको बिना कारण हत्या र धरपकड गरेको बिरोधमा आज नेपाल बन्द गरेको जनाएको छ । बन्दको अघिल्लो दिन भएका बम बिस्फोटका कारण आम सर्वसाधरणमा त्रास पैदा भएपछि आज यसको प्रभाव पर्ने देखिएको छ ।

सोमबार उपत्यकामा विशेषगरि यातायात र शैक्षिक संस्थामा यसको खास प्रभाव पर्ने देखिएको छ । काठमाण्डौबाट देशभरका लागी छुट्ने लामो दुरीका सवारी साधन निक्कै कम मात्रै छुटेका छन भने उपत्यकाभित्र चल्ने सवारी साधन पनि सडकमा फाटफुट मात्रै देखिन्छन । विहानी सत्रमा चल्ने काठमाण्डौका शैक्षिक संस्थाहरुले आज बन्दको कारण देखाएर विद्यार्थीलाई नआउन सुचना जारी गरेका छन ।

एकाविहानै चहलपहल हुने उपत्यकाको बजार पनि अहिलेसम्म शुन्य छ । तर सरकारले बन्दको अवज्ञा गर्न भनेको छ । चोकचोकमा प्रहरीको उपस्थिती बाक्लो छ यद्यपी सर्वसाधरण हिजो ४ जनाको ज्यान जाने गरि भएको बम विस्फोटको त्रासले तुलनात्मक रुपमा बिहानमा बाहिर निस्कनेको सङख्या अत्यान्त न्युन छ ।

सर्वसाधारणको गाडीमा समेत स्कर्टिङ दिन निर्देशन
सरकारले नेपाल बन्दमा सर्वसाधारणको गाडीमा समेत स्कर्टिङ दिन प्रहरीलाई दिर्नेशन दिएको छ ।
आइतबार बसेको सुरक्षा प्रमखको आकस्मिक बैठकमा गृहमन्त्री राम वहादुर थापा बादलले बन्दको प्रभाव न्युन बनाउन सर्वसाधारण चढ्ने सवारीलाई समेत स्कर्टिङको व्यवसस्था गर्न दिर्नेशन दिएको गृहमन्त्रालय स्रोतले बताएको छ ।
बैठकमा सुरक्षा सर्तकता बढाउन र बन्द गराउने पक्षका कुनै पनि कार्यकर्तालाई सडकमा देखे समातेर सार्वजनिक मुद्दा चलाउन समेत निर्णय भएको बुझिएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्