भक्तपुरमा नेमकिपाका नेता कार्यकर्ता नेकपामा प्रवेश


 


भक्तपुर, १३ जेठ । विकास र समृद्धिमा तिव्र गतिमा अघि बढेको भक्तपुरमा जनताको विकासको चाहना एक पछि अर्को गर्दै पुरा भइरहेका छन् ।

विकासले एक कदम मात्र अघि नभई एक कदम दैडिएको बताउँने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हालसम्ममा नै आफ्नो चुनावी प्रतिवद्धतालाई पुरा गरी आगामी दिनहरुमा भक्तपुर विकासको बोनसको रुपमा अघि बढाइरहनुभएको छ ।

उहाँको विकास प्रति आम भक्तपुरका जनताले साथ र सहयोग गर्दै हातेमालो गर्दै गरे असम्भव भन्ने केही छैन भन्ने भनाइलाई यथार्थमा परिणत भएको छ । उहाँ निर्वाचित भएपश्चात भक्तपुरको मुहार नै फेरिदै गएको छ । भक्तपुरको मुहार फेरिनेमात्र नभई देशकै एउटा उदाहरणीय जिल्लाको रुपमा परिचित समेत भएको छ । चाहे विकासमा होस्, यात सामाजिक कार्यमा नै होस् ।

यसै सन्दर्भमा भक्तपुरमा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेको लर्को नै लाग्न थालेको छ । जसमा कहिले विप्लव समूहका त कहिले नेपाल कजदुर किसान पार्टीका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गर्न थालेका छन् ।

नव प्रवेशीहरुको एउटै आवाज रहेको छ कि देशको रक्षा, विकास र समृद्धिको पार्टी एक मात्र नेकपा हो । शनिवार भक्तपुरको चाँगुनाायण नगरपालिकाको वडा नं. ३ मा भएको एक कार्यक्रममा नेमकिपाका दुई नेता नेकपामा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा उत्सव माकाजु र नारायण खत्री रहेका छन् ।

नेकपामा प्रवेश गर्दै उनीहरुले भक्तपुरको विकासमा नेमकिपाले केही काम गर्न नसकेको, विकास विरोधि गतिविधिमात्र सञ्चालन गरेको, गुट र उपगुटको दलदलमा फसेको लगायतका कारणले नेकपाले भक्तपुरमा गरेको विकासलाई सम्मान गर्दै आगामी दिनमा भक्तपुरको विकास र समृद्धिमा नेकपासँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता सहित नेकपामा प्रवेश गरेको बताएका छन् ।
नवप्रवेशीलाई सांसद बस्नेतले माला तथा अविर लगाएर स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्