होस् गर्नुहोस् ! बजारमा विषादीयुक्त आँप छ्यापछ्याप्ती


 


लहान । आँपको राजधानी मानिने सिरहामा अहिले भारतका विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको छ ।स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायत शहरमा बिक्री भइरहेको स्थानीयबासीले बताएका छन् ।

कार्बाइडलगायत विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरूले सुझाएका छन् । यस्ता आँपले स्वास्थ्यमा असर पार्ने गरेको स्थानीयवासी सन्तोष साहको गुनासो छ ।

आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । यहाँ कल पाँच हजार सात सय ५५ हेक्टर आँप खेतीयोग्य जग्गा छ ।
सिरहामा फल्ने आँप काठमाण्डौँ, विराटनगर, पोखरासहित भारतलगायत अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्