‘गलबन्दी’ गीतकी लजालु अन्जलीको ‘हट’ तस्विर


 


करीब १५ मिनेट लामो एउटा गीतको भीडियो यतिवेला नेपाली युट्युबमा पहिलो ट्रेन्डिङमा परेको छ । ६ दिनअघि युट्युबमा अपलोड गरिएको यो भिडियो करीब ४९ लाखले हेरिसकेका छन् ।

गायक प्रकाश सुपुत र शान्तिश्री परियारले गाएको यो गीत नसुन्ने र नहेर्ने सायदै नेपाली संगीत प्रेमी र नेपाली स्रोता दर्शक होलान् । मौलिक नेपाली र गाउँले पारामा बनाएको भीडियोका कारण पनि यसले भ्यूज पाइरहेको छ भने यसको शव्दले पनि मानिसलाई तानेको छ ।

‘गलबन्दी च्यातियो तिमीले तानेर,बोलाउन खोजेको आफ्नै ठानेर ’ बोलको यो गीतमा गीतसहित भिडियो पनि हिट भएको छ र गीतमा अभिनय गरेकी मोडलको पनि चर्चा चुलिएको छ ।

यसअघिपनि धेरै भिडियोमा अभिनय गरिसकेकी मोडलको यो गीतमा भने चर्चा भइरहेको छ । लजालु स्वभावमा भिडियोमा देखिएकी उनी हुन् मोडल अन्जली अधिकारी । यो गीतमा उनको लजालुपन र अभिनयको निकै तारिफ गरिएको छ ।

बर्दियाकी अञ्जलीलाई नृत्य क्षेत्रमा ल्याउने श्रेय गीतकार बद्री पंगेनीलाई जान्छ । एसएलसी सकिएपछि काठमाडौं आएकी उनलाई पंग्गेनीले एउटा दोहोरी साँझमा नृत्यागनाको काम दिएका थिए ।

त्यसैबेला देखि व्यवसायीक कलाकारिता र मोडलिङ गरिरहेकी अधिकारीले सयभन्दा धेरै भीडियोमा अभिनय गरिसकेकी छिन् । उनको चर्चा यसअघि प्रकाश सपुतले सार्वजनिक गरेको बोल माया गीतको भीडियोले दिलाएको थियो ।

त्यसपछि अहिले सार्वजनिक भएको गीतले अधिकारीलाई अभिनयको क्षेत्रमा थप उचाइमा लगेको छ । उनको अभिनय र लजालुपनलाई धेरैले मन पराएका छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्