कामना सेवा विकास बैंकको शाखा एकै दिन इटहरी र विराटनगरमा


 


विराटनगर । कामना सेवा विकास बैंकको शाखा कार्यालय आईतबार एकै दिन इटहरी र विराटनगरमा स्थापना भएको छ । विराटनगरको धरान लाइनमा बैंकको ८५ औं र इटहरीको विराटनगर लाइनमा ८६ औं शाखा आज शुरु भएका हुन् ।

बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरूबाट कारोबार शुरु भएको इटहरी शाखाका प्रबन्धक गोविन्द सिवाकोटीले बताए ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखासँगै प्रदेश १ मा बैंकका शाखा कार्यालय ७ वटा पुगेको बताए । पूर्वी नेपालमा भएको शाखा बिस्तारले प्रदेशको व्यापार प्रवद्र्धनमा पनि गति मिल्ने बैंकले विश्वास लिएको जनाएको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले ८६ वटा शाखा र ३९ वटा एटीएममार्फत् आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्