पेट्रोलियम पदार्थमा अतिरिक्त करमार्फत ३० अर्ब बढी संकलन


 


काठमाडौं। सरकारले सडक पूर्वाधारका लागि भनेर पेट्रोलियम पदार्थमा प्रति लिटर १ रुपैयाँ ५० पैसा अतिरिक्त कर संकलन गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७६र७७ को बजेटमै यो व्यवस्था गरे । सोहीअनुसार आयल निगमले सर्वसाधारणबाट पेट्रोलियम पदार्थमा लिटर १ रुपैयाँ ५० पैसा थपेर लिदै आएको छ ।

यसरी संकलन गरिएको रकमको उपयोग कहाँ र कसरी हुन्छ भन्ने विषयमा सरकारले स्पष्ट बताइसकेको छैन । यद्यपी, अर्थमन्त्री खतिवडाले सडक पूर्वाधार कर तिरेपछि खाल्डोमा पर्नबाट बचाउने बताएका छन् ।

तर, यसअघि यसैगरी बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने बजेटमै घोषणा गर्दै पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ अतिरिक्त शूल्क उठाइएको थियो । सोही आयोजनाको नाममा निगमले करिब १३ अर्ब रुपैयाँ संकलन गरिसकेको थियो । पछिल्लो समयमा बुढीगण्डकी आयोजना शीर्षक हटाएर सडक पूर्वाधार विकास कर भनेर रकम संकलन गरिरहेको छ ।

बुढीगण्डकी र प्रदूषण नियन्त्रण शूल्क गरेर हालसम्म निगमले ३० अर्ब संकलन गरिसकेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।बुढीगण्डकी आयोजनाको नाममा अतिरिक्त शूल्क उठाए पनि आयोजनाबारे भने सरकार अझै स्पष्ट भईसकेको छैन । यसैगरी सडक पूर्वाधार विकास कर भनेर संकलन गरिएपनि त्यसको पनि प्रयोग नहुने हो कि भन्ने शंका व्याप्त देखिन्छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्