भोजपुरको कुन स्थानीय तहमा कति बजेट ? (सूचिसहित)


 


भोजपुर, जेठ २१
गत जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक बर्ष २०७६ ०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्याे । नौ वटा स्थानीय तह रहेको भोजपुरमा २ अर्ब १८ करोड २ लाख अनुदान प्राप्त भएको छ ।

दुई वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको भोजपुरमा नगरपालिकातर्फ षडानन्द नगरपालिकाले सबैभन्दा धेरै र गाउँपालिकातर्फ ट्याम्के मैयुङ गाउँपालिकाले धेरै अनुदान प्राप्त गरेका छन् ।

यो अनुदान वित्तिय समानीकरण र ससर्त अनुदान हो । यो रकम बाहेक पालिकालाई राजस्व बाँडफाडँ, विशेष अनुदान र समपूरक अनुदानबाट पनि थप रकम पाउनेछन् ।

कुन पालिकामा कति अनुदान ?

षडानन्द नगरपालिका ३५ करोड ३४ लाख

भोजपुर नगरपालिका ३२ करोड ३४ लाख

ट्याम्के मैयुङ गाउँपालिका २५ करोड ६९ लाख

आमचोक गाउँपालिका २१ करोड ५४ लाख

हतुवागढी गाउँपालिका २१ करोड ४६ लाख

रामप्रसादराई गाउँपालिका २० करोड २१ लाख

पौवादुङ्मा गाउँपालिका १८ करोड ७७ लाख

अरुण गाउँपालिका २१ करोड ९४ लाख

साल्पा सिलिछो गाउँपालिका २० करोड १९ लाख

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्