इन्टरनेटको मूल्य २० प्रतिशत बढ्ने भयो


 


काठमाडौं । साउनदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले २० प्रतिशत मूल्य बढाउने घोषणा गरेका हुन् ।

गत वर्ष बढेको मूल्य घटाउने क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको उनीहरुको गुनासो छ ।

सरकारले गत वर्ष थप १३ प्रतिशत दूसञ्चार सेवा शुल्क लगाएको थियो । त्यसआधारमा व्यवसायीहरुले मूल्य बढाएका थिए तर, सरकारले विभिन्न सहुलियत दिने आवश्वासन दिएपछि मूल्य बृद्धिको निर्णय फिर्ता लिए ।

त्यसबेला सञ्चारमन्त्री गोकुल बास्कोटाले कानून संशोधन गरेर इन्टरनेट सेवा प्रदायकलाई रहात दिने प्रतिवद्धता जनाएका थिए । तर, एक वर्षसम्म पनि प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले साउनदेखि २० प्रतिशत मूल्य बढाउने बताएका छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्