मैत्रीपुर्ण फुटबल : नेपाल बलियो प्रतिद्वन्दी चाईनिज ताईपेसंग भिड्दै


 


काठमाण्डौँ, जेठ २३

नेपालको राष्ट्रिय फुटबल टिमले मैत्रीपुर्ण फुटबल खेलमा आज (बिहिबार) चाईनिज ताईपेसंग प्रतिस्पर्धा गर्दैछ । ताईवानमा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ ।

विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपुर्ण खेलका लागि नेपाली टिम चाईनिज ताईपे पुगेको हो । गत आईतबार नेपालले मलेसियासंग मैत्रीपुर्ण फुटबल खेलेको थियो । सो खेल नेपालले २–० ले गुमाएको थियो ।

राष्ट्रिय टिमको नेतृत्व सम्हाले लगत्तै कालिन नेतृत्वको टिमले कुवेतमा खेल्न गएको थियो । कुवेतसंग पहिलो खेल गोल रहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा भने पराजय ब्यहोरेको थियो ।

कालिन नेतृत्वको टिमले रक्षात्मक रुपमा राम्रो प्रर्दशन गरेपनि फरवार्ड लाईनबाट निकाल्न सकेको छैन । कालिनले टिममा ब्यापक फेरबदल गर्दा समेत नतिजा निकाल्न सकेका छैनन् । गोलको खडेरी भोग्दै आएको नेपाली टिममा पुन उही समस्या दोहरिएको छ ।

तर नेपालले पछिल्लो समय प्रतिस्पर्धा गरेका टिम प्राविधिक रुपमा बलिया देशहरु हुन् । फिफा वरियतामा नेपाल भन्दा माथि रहेको चाईनिज ताईपेविरुद्व समेत नेपाली टिमले कडा चुनौती पेश गर्ने प्रयास गर्नेछ । मलेसियामा लयमा बिगारेको नेपाली टिम ताइवानमा उत्कृष्ट प्रर्दशनको प्रयास गर्नेछ ।

फिफा वरियतामा ताईपे १ सय २५ औ स्थानमा छ । वरियतामा नेपाल १ सय ६१ औ स्थानमा छ । नेपाल आफु भन्दा ३६ स्थान माथि रहेको ताईपेसंग मैत्रीपुर्ण फुटबल खेल खेल्न लागेको हो ।

 

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्