कानेपोखरीमा बृहत खेलकुद प्रतियोगिता हुँदै


 


उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिकामा यही जेठ २५ गतेदेखी बृहत गाउँपालिकास्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।
कानेपोखरी गाउँपालिका कार्यालयको आर्थिक सहयोगमा खेलकुद विकाश समिति, कानेपोखरीको आयोजनामा खेलकुद प्रतियोगिता हुने भएको हो ।

समितिले सोमबार बिहान गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका विषयमा जानकारी दिएको हो । समितीका अध्यक्ष भूपाल श्रेष्ठका अनुसार मितेरी यूवा क्लबको व्यवस्थापनमा कानेपोखरी – ७ स्थित आईतबारेमा दोश्रो अध्यक्ष कप फुटवल प्रतियोगिता हुनेछ । फुटवल प्रतियोगितामा गाउँपालिकाका सात वटै वडाका टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले रु ८० हजार र द्धितिय हुने टिमले रु ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मितेरी युवा क्लबका अध्यक्ष नविन सुब्बाले जानकारी दिनुभयो । यस्तै जनसेवा मावि कानेपोखरी – ६ को मैदानमा जेठ २६ गतेदेखी वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल प्रतियोगितामा प्रथम हुनेले रु ५१ हजार र द्धितिय हुनेले रु ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै गाउँपालिकास्तरीय क्रिकेट, ब्याडमिन्टन, एथ्लेटिक्स, मिनी म्याराथुन, बुद्धिचाल, महिला फुटवल समेत हुने समितिका अध्यक्ष श्रेठले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि गाउँपालिकाले १६ लाख ६५ हजार बजेट बिनियोजन गरेको छ । पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले कानेपोखरी गाउँपालिकालाई खेलकुद क्षेत्रमा अब्बल बनाउँन गाउँ कार्यपालिका लागिरहेको बताउनुहुँदै सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्