मैत्रीपूर्ण फुटवल : चाईनिज ताईपेइसँग नेपालले बराबरी खेल्यो


 


काठमाडौं, जेठ २३

चाईनिज ताईपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको छ । ताइवानमा बिहिबार साँझ भएको खेलमा ताइपेईले ४० औं मिनेटमा खाता खोलेको थियो । ताइपेइका लागि उ चुन चिङले पहिलो गोल गरेका थिए । पहिलो हाफमा पछि परेको नेपालले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो ।

नेपालका लागि ६९औं मिनेटमा अभिषेक रिजालले बराबरी गोल फर्काए । राष्ट्रिय टोलीमा अभिषेको यो पहिलो गोल हो । उनले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट गत आइतबार डेब्यु गरेका थिए । मलेसियासँगको खेलमा नेपाल २–० गोलले परजित भएको थियो ।

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले ताइपेईसँग दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको थियो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा ३६ स्थान माथिको चाइनिज ताइपेईलाई राकेर इज्जत जोगाएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्