के हो पत्रकार र मेयर बिवाद ? क–कसले लिदैछ फाइदा ?


 


तेज बन

अहिले इटहरी उपमहानगरपालीकाका मेयर द्वारिकलाल चौधरी सामाजिक सञ्जाल देखि अन्तराष्ट्रिय स्तरमै चर्चाको चुलिमा रहेका छन । हुन त इटहरी प्रदेश एकको ब्यापारीक केन्द्र भएर नै होला हावा चलेपनि वा नचलेपनि सधै चर्चामा रहिरहन्छ ।

कर्मचारी कुटने देखि पत्रकारलाइ दुर्ब्यवहार गर्ने कार्यले आलोचित बन्दै आएका मेयर चौधरीले यस पटक इटहरीकै पत्रकार बिराट अनुपम माथी नाकको डाडी भाच्ने धम्कि दिएको अडियो रेकर्ड बाहिरिएसंगै मेयर चौधरी पार्टिभित्रै पनि थप बिवादित बन्न पुगेका छन ।

भ्रस्ट्रचारीलाइ कार्वाहि गरेको खबर समाचार बन्दा त्यति चर्चामा थिएनन् मेयर चौधरी जुन आज पत्रकार माथी दुर्ब्यवहार हुदा एकाएक चर्चाको चुलिमा पुगे । सामाजिक सञ्जाल भरी मेयर चौधरीको पक्षमा जनमत उर्लिदो छ । उनलाइ भ्रस्ट्रचार गर्ने कर्मचारी र पित पकारीता गृने पत्रकार माथी त्यस्तै ब्यवहार ठिक भन्नेदेखि इटहरीको नायक सम्मको दर्जा उनका समर्थकहरूले दिइसकेका छन ।

त्यसैगरी सञ्चारमाध्यमहरूमा धाउन नमान्ने मेयर चौधरी अहिले राष्ट्रिय टेलिभिजनहरूमा दैनिक अन्तरवार्ता दिन थालेका छन । अहिले एक कान दुइकान गर्दै उनको चर्चा देश बिदेश सम्म फैलिएको छ । यता मेयर , पत्रकार र इटहरीलाइ बिषय बस्तु बनाएर बिभिन्न लेखहरू पनि प्रकासित हुने क्रम जारी छ । झन युटुबर हरूको त कुरै नगरौ ।

के हो पत्रकार र मेयर बिवाद ?

अहिल्र बजारमा एक प्रकारको हल्ला छ त्यो हो समाचार लेखिएको बिषयलाइ लिएर इटहरीका पत्रकार बिराट अनुपम माथी ज्यान मार्ने धम्कि आयो भनेर तर अनुशन्धान गर्दै जादा र अनुपमले नै सार्वजनिक गरेको अडियोलाइ आधार मान्ने हो भने समाचारको कुरो गरिएको छैन । २ पटक गरेर दुर्वटा अडियोहरू सार्वजनिक भएका छन ।

दुवै अडियोहरूलाइ आधार मान्ने हो भने त्यहा समाचारको कुनै बिषय छुवाइएको छैन । मात्र नाकको हडडी भाच्न एक करोड छुटाएको छु भनिएको छ । उक्त अडियोमा मेयर चौधरले युवासंघका नेता पर्सुराम बस्नेतलाइ समेत मुछेको मजाले सुन्न सकिन्छ । मेयर चौधरीले बिभिन्न टेलिभिजनमा दिएको अन्तरवार्तालाइ आधार मान्ने हो भने पत्रकार बिराट अनुपमले सामाजिक सञ्जाल फेशबुकमा पटक पटक मान हानि हुने गरी स्टाटस राखेपछि बिवाद उत्पनन भएको हो भनि बुझ्न सकिन्छ । अर्का कुरा जुन अडियो रेकर्ड बाहिर ल्याइएको छ त्यो आधा मात्र छ ।

सुरूमै नाकको हडडी भाच्छु भनेर मेयरले किन गालि गरे रुहुन सकछ उनले मेयरलाइ पनि गालि पो गरे कि रु मेयरले अन्तरवार्तामा पनि भनेका छन पटक पटक फोन गरी बाउ जस्तो मान्छेलाइ गाली गलैज गरेको भनेर यो रहस्यमय कुरा हो । यो कुराको नेपाल पत्रकार महासंघ प्रदेस एक र पत्रकार महासंघ सुनसरी शाखाले पनि छानबिन गरोस । थारू पृस्ठभुमिबाट आएका मेयर चौधरी मनको सफा र काममा ढृड संकल्प राखने ब्याक्तिको रूपमा चिनिन्छन भने बिराट अनुपम निडर र श्रमजिवि पत्रकारको रूपमा चिनिन्छन । सार्वजनिक भएको अडियो यस प्रकारको छ ।

 

अर्को कुरा मेयर चौधरीले भने जस्तो पत्रकार बिराट अनुपम कसको हण्डी खाएर समाचार लेख्ने ब्याक्तिको रूपमा चिनिदैनन पत्रकारीतामा उनको छवि अगाडी उभिएको पारदर्शी एेना जस्तै छ । स्मरण रहोस सबै नेपाली नागरिक र सिंगो इटहरी नगरवासीहरूलाइ स्थानीय निकायको निर्वाचनको समयमा इटहरीमा थारूको नेतृत्व हुनुपर्छ भनेर कलम चलाउने उनै पत्रकार अनुपम हुन ।

इटहरीको टेंग्रा खोलालाइ ब्यवस्थित बनाइ बोटिङ गरेर आर्थिक क्रान्ति गरी नगरलाइ समृद्ध बनाउनुपर्छ भनि मेयरलाइ सुझाव दिने पत्रकार पनि तिनै हुन । इटहरीमा सार्वजनिक जगगाको खोजि देखि भुमाफियाको भण्डाफोर र उपमहानगरभित्र भएको सिएफएल काण्डमा भ्रस्ट्रचारको समाचार लेखेर जनतााइ शुसुचित गर्ने पत्रकार पनि अनुपमले गरेका थिए । उनि एक श्रमजिवि र निडर पत्रकारको रूपमा हामिले चिनेका र मानेका छौ । यति हुदाहुदै पनि उनि बिवादमा आउनुको मुख्य कारण नै सामाजिक सञ्जालमा गरिएको टिकाटिप्पणी हुन भनेर बुझ्न सकिन्छ ।

अनुपमको पत्रकारीतामा दाग लगाउने कुनै ठाउ छैन तर अलि झ्वाक्कि स्वोभावका उनि आफ्नो पेशाको ख्यालै नगरी सामाजिक सञ्जालमा स्टाटस राखिदिनाले बिवादमा परिरहन्छन यो भन्दा अघाडी पनि इटहरी बालिका बलात्कार प्रकरणमा इटहरिका पत्रकारले पैसा खाएर मुद्धा मिलाए भनि आफ्नै पेसा बिरूद्ध धावा बोलदै सामाजिक सञ्जालमा स्टाटस राख्दा बिवादमा तानिएका थिए । पछि उक्त कुरा पुस्टि हुन नसकेपछि आफै जिल्ल बनिनु परेको थियो । पटक पटक एउटै ब्याक्तिलाइ प्रतारित हुने गरी सामाजिक सञ्जालमा ब्याक्तिगत रिसिबि साधे झै स्टाटस राखिदिदा मेयर रिसाएर आक्रमक बनिनु स्वभाविक हो तर प्रकृिया गलत भइदियो । आशा छ भोलिका दिनमा पत्रकारले आफ्नो कमिकमजोरी सुधारून र मेयरले पनि आत्मलोचना गरून ।

फाइदा क कसलाइ हुदैछ ?

अहिले सामाजिक सञ्जाल देखि बिभिन्न युटुबहरूमा सनसनि मच्चिएको छ । मानौ मेयरले १० जना आतंककारीलाइ एकैपटकमा सिध्याए जसरी नै चर्चा चुलिदो छ । यि दुइ बिचको लडाइलाइ अझ उक्साउदै रणाको मचाउन इटहरिमा अर्को संयन्त्र खडा भएको छ त्यो हो फेशबुके जात्रा र युटुबेहरू । आफ्नो भ्युवर बढाउन र डलरको खेति गर्न युटुबरहरूले एउटै बिषयलाइ हेडिङ फरक फरक बनाएर देखाइरहेका छन । भ्रस्ट्रचारीलाइ कार्वाहि गरेको भन्दै मेयरलाइ स्वावासी दिएको जनाउदै उचाल्नु सम्म उचालिरहेको देख्न पाइन्छ ।

फेशबुकमा त कुरै नगरौ कागले कान लग्यो भन्दा कानै नछामि कागको पछि दगुर्ने मान्छेको हुल अहिले प्रसस्तै देख्न पाइन्छ । मेयर द्वारिकलाल चौधरीले इटहरीमा भ्रस्ट्रचार मुक्त अभियान थालेका छन त्यसमा कर्मचारी देखि लिएर पत्रकार तथा सिंगो देश ब्यापीको समर्थन रहन्छ तर बिना प्रमाण कसैलाइ भ्रस्ट्रचारी भन्दै कानुन हातमा लिनु निन्दनिय हो । त्यसमा पनि पत्रकार माथी झुटा आरोप लगाएर दुर्ब्यवहार गर्नु मेयरको पदिय मयार्दाले दिदैन ।

कार्वाहिमा परे मेयर पद के होला ?

पत्रकार माथी हातपात तथा ज्यान मार्ने धम्कि दिएको भन्दै इटहरीका मेयर द्वारिकलाल चौधरीलाइ ततकाल मेयर पदबाट बर्खास्त गरि कानुनत कार्वाहि गर्न नेपाली कांग्रेसका केहि सांसदहरूले सरकार समक्ष माग गरिसकेको अवस्था छ । त्यसमा पनि नेकपाकै नेताहरू बिरूद्ध बोलेपछि उनलाइ आफ्नै पार्टिबाट पनि सच्चिन उत्तिकै दबाब आइरहेको अवस्था छ ।

नेकपाका नेता योगेस भट्टराइ र प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले पनि सामाजिक सञ्जाल मार्फत पदिय मर्यादाको ख्याल गरी पत्रकार संग माफि माग्दै आत्मलोचना गर्न सुझाव दिइसकेका छन तर मेयर चौधरी भने आफुलाइ जनताले भोटदिएर जनप्रतिनिधि बनाएको कारण जनताले भनेमात्र माफि माग्ने बताउदै आएका छन ।

यस्तो बेला मेयर चौधरीलाइ पार्टिले कार्वाहि गर्ला या नगर्ला त्यो उहाहरूको आन्तरिक कुरा हो । गरिहाले पनि उनको मेयर पद स्वयम प्रधानमन्त्रीले पनि खोस्न सक्दैनन नेपालको संबिधानले पनि संघिय सरकार पछि स्थानीय सरकारलाइ बिशेष प्राथमिकता दिएको कारण मेयर पद सजिलै जादैन । कुनै ब्याक्तिले धारण गरेको मेयर पदबाट निलम्बन गर्नको निमित्त स्वयम पार्टिले प्रधानमन्त्रीलाइ पत्र पठाउछ त्यहि पनि भ्रस्ट्रचार गरेको ठहर भएमा , मानसिक सन्तसलन बिग्रिएको भएमा मात्रै त्यपछि प्रधानमन्त्रीले सबै कुरा बुझेर ठोस कदम चाल्न सक्छन तर पनि मेयर पद ससमय सिमा भित्र रहिरहन्छ ।

पत्रकारप्रति समाज यति नकरात्मक किन ?

नेपाली समाज हललाको पछि कुदछ त्यतिकै भनिएको होइन इटहरीमा मेयर र पत्रकारको जुहारीलाइ हेर्ने हो भने तथ्यहरू प्रसस्तै भेटिन्छन । घटना के हो त्या्े राम्रो संग बुझ्ने चलन हामि नेपालीमा साथदै कम छ । अनि हल्लाकै पिछा कुदेर समय बर्वाद बनाइदिन्छन अनि पछि सत्य थहा पाएपछि आफै पछुताउछन । इटहरीको काण्ड पनि अहिले त्यस्तै भएको छ । अधिकांसले सामाजिक सञ्जालमा पत्रकारलाइ दोषि देखाएर मेयरलाइ उचाल्ने काम मात्रै गरेका छन ।

के इटहरी र मेयर बिरूद्ध पत्रकारले राम्रो भुमिका निर्वाह गरेका छैनन । इटहरी उपमहानगरका कर्मचारी जति सबै भ्रस्ट नै हुन त रुइमान्दार र स्वतन्त्र पत्रकार इटहरीमा छदै छैनन र रु जुन पत्रकार बिवादमा आए ति पत्रकारले भ्रस्ट्रचारी कर्मचारिको पोल खोल्दा उल्टै उनलाइ नै अपजस रुउपमहानगरको बिषयमा अनुपम मात्र नभइ धेरै पत्रकारले राम्रा कुराहरू पनि बाहिर ल्याएका छन तर भइदियो के भन्दा राम्रा कुराको प्रचार मेयरको टेबलमा पुग्दै पुगेन पुग्यो त केवल नराम्रो मात्र त्यहि भएर पत्रकार प्रति मेयरको नजर परिवर्तन हुन पुग्यो । फलस्वरूप आज प्रस्ट देखिएका छन ।

यो भनिरहदा इटहरीमा पित पत्रकारीता गर्नेहरू चै छदै छैनन भन्न मिल्दैन । धेरै त्यस्ता पत्रकारहरू छन जो राजनीतिक दलका झोला बोकेर नेताहरूकै गुनगान गाउदै हिडछन , त्यस्ता पत्रकार पनि छन जुन दशै तिहार आउदा पत्रिका निकालछन त्यसपछि बन्द गर्छन ,यो भन्दा गजजबको कुरा त तिन दिन खोज मुलक पत्रकारीता तालिम लिन्छन अनि ब्रा चोरी भएको समाचार लेख्ने पत्रकार पनि इटहरी भित्रै छन । राजनीतिक दलका नेता देखि सुन ब्यापारी सम्मको गोजिमा प्रेसको कार्ड बोकेर हिडने मान्छेहरू पनि इटहरीमै भेटिन्छन ।

साच्चै भन्नेहो भने इटहरी क्षेत्रमा अहिले पनि करीब एक दर्जन भन्दा बढी नै दैनिक , साप्ताहिक पत्रपत्रिका तथा आधा दर्जन रेडियो एफएमहरू सञ्चालन हुदै आएका छन । यि सबै मिडिया हाउसमा गरेर ८० जनाभन्दा बढी पत्रकारहरू कार्यरत छन । तर सार्वजनिक चासो अनि जनहितको बिषयमा कलम चलाउने कृयाशिल तथा श्रमजिवि पत्रकारहरू भने थोरै मात्रामा भेटिन्छन ।

यो सहरमा पत्रकारहरूको पनि बेग्ला बेग्लै सिण्डिकेट छ । राजनीतिक आवरणका बेग्लै , स्वतन्त्र बेग्लै र कपि पेस्ट बेग्लै १ सिधा भन्ने हो भने यहा कसैले कसैलाइ गन्दैनन सबै मै हु भन्ने परिपार्टिका धेरै छन । थोरै मात्रमा यसता पत्रकारहरू छन जो सच्चा अनि श्रमजिवि भनेर सम्मान हुन योग्य छन । कुरा आयो पित पत्रकारीताको यसता पत्रकारहरूलाइ सुरूमा प्रसय दिएर राख्ने को हो रु सम्बन्धित निकायमा गएर उजुरी दिने आट चै कसैले नगर्ने अनि दोष जति पत्रकार महासंघलाइ थुपार्ने रु यस्तो परिपार्टिको अन्त्य हुन अति आवस्यक छ ।

अन्त्यमा
पत्रकार र मेयर दुवै समाजका बिशिस्ट ब्याक्तित्व हुन । भइसकेको कुरामा त त र मम गरेर अल्झिनु भन्दा सहमतिको बाटोबाट सामधान खोजनु नै उत्तम उपाय मानिन्छ । यो घटनामा दुवैपक्षले आ आःनो स्थानबाट गलति स्विकारेर भोलिको दिनमा सम्बन्ध सुधारेर अघि बढन सुझाव दिन चाहन्छु ।साथमा स्थानीय निकायले पत्रकारहरूलाइ शुरक्षाको प्रत्याभुति दिलाइ स्वतन्त्र रूपमा कलम चलाउन पाउने बातावरण शिर्जना गरिदियोस भन्न चाहन्छु । जय पत्रकारीता

लेखक स्वतन्त्र पत्रकार महासंघ सुनसरीका सचिव हुनुहुन्छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्