एसइईको नतिजा कहिले आउँदैछ ?


 


काठमाडौं, जेठ २६

विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १–२भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ ।

परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने बताए । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले प्रदेश–२ मा प्रश्नपत्र बाहिरिएपछि स्थगित र रद्द गरेका विषयको परीक्षा २२ देखि २९ चैतसम्म सञ्चालन गरेको थियो । यसकारण परीक्षा सकिन अघिल्ला वर्षको भन्दा १० दिन बढी लागेको थियो । १० चैतदेखि परीक्षा सुरु भएको थियो ।

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्