सभामुख महराकी नातिनी बनिन् ‘मिस लिटिल च्याम्प’


 


काठमाण्डौँ । ‘मिस लिटिल च्याम्प’को ताज ९ बर्षीय पिञ्जु बुढा मगरले जितेकी छन् । राष्ट्रिय नाचघर जमलमा योजना गरिएको प्रतियोगितामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै पिञ्जुले ताज जितेकी हुन् । लिटिल मिस च्याम्पको उपाधी सहित उनले वेष्ट क्याटवाक अवार्ड पनि जितेकी थिइन् । प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा बालअधिकारबारे सोधिएको प्रश्नमा उत्कृष्ट जवाफ दिएर पिन्जु विजेता बनेकी हुन् ।

जनवादी गायिका प्रगती महरा र जनकलाकार रंजीत बुढा मगरकी छोरी पिन्जु संघीय प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराकी नातिनी हुन् । पढाइमा पनि उत्तिकै अब्बल पिन्जुको नृत्य र अभिनयमा विशेष दख्खल छ ।

‘मिस लिटिल च्याम्प’को ताज जितेकी पिञ्जुलाई फेसियल हाउसले सफलताको कदर गर्दै सम्मान गरेको छ । शनिवार सिटीसी मलमा आयोजित एक कार्यक्रमका बिच केक काटेर उनलाई सम्मान गरिएको हो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुश्मा महराले बालप्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यका साथ उनलाई सम्मान गरिएको बताइन् ।

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्