सारेगमप लिटिल च्याम्पमा तेस्रो बने प्रितम


 


काठमाण्डौँ । भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका दुई बालगायक तेस्रो र चौथो भएका छन्। आइतबार साँझ भएको फाइनलमा प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भए। निकै कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली दर्शकको मन छोएको छ।

आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो। हाल उनी भक्तपुरमा अध्ययनरत छन्। प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ र आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्। बलिउडका चर्चित गायक एवं कलाकारहरुले समेत उनीहरुको गायिकीलाई उच्च प्रशंसा गरिरहँदा दुवैजना फाइनलसम्म पुगेका थिए।

सुरशाला म्यूजिक एकेडेमीमार्फत उनीहरुले भिडियो अडिसन पार गरेर सारेगमपमा प्रवेश पाएका थिए। ३ वटा भिडियो पठाएपछि उनीहरुलाई दोस्रो चरणका लागि दिल्ली बोलाइएको थियो। प्रतियोगिताको विजेता सुगन्धता दते बनिन् भने दोस्रो मोहम्मद फैज बने।

प्रकाशित मिति: २७ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्