नेपाल टेलिकमको ल्यायो यस्तो अफर


 


काठमाडौ । नेपाल टेलिकमले अन्तराष्ट्रिय कलमा नयाँ योजना आफना ग्राहकमाझ ल्याएको छ । टेलिकमको नयाँ योजना अनुसार अब टेलिकमको सिमबाट चीनमा ३ रुपैयाँ तीन पैसामै कल गर्न सकिनेछ ।

यस अफरबाट ग्राहकले अघिल्लो समयको तुलनामा २०.८९ प्रतिशत कम शूल्कमा कल गर्न सक्नेछन्। कम्पनीका अनुसार लामो समयदेखि चीन र नेपाल बीच भइरहेको व्यापार व्यवसायमा टेवा पु¥याउने र दुईपक्षीय भ्वाइस कल सेवा सहज बनाउने उदेश्यले यस्तो योजना ल्याईएको हो ।

साथै कम्पनीले केही समयअघि देखि सुरु गरेको चाइना कल अफरमार्फत ग्राहकले भ्वाइस कल सेवा लिँदै आएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ दैनिक १० मिनेट भ्वाइस कलको लागि ३५ रुपैयाँ, साप्ताहिक ४५ मिनेट भ्वाइस कलको लागि एक सय ५० रुपैयाँ र मासिक एक सय ६५ मिनेट भ्वाइस कलका लागि पाँच सय रुपैयाँको प्याक प्रयोग गर्न सकिने छ ।

तीनवटा प्याक खरिदमार्फत कल गर्दा ग्राहकले प्रति मिनेट तीन रुपैयाँ ५० पैसा, तीन रुपैयाँ ३३ पैसा र तीन रुपैयाँ तीन पैसा रुपैयाँमा सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्