आज बुधबार तपाईको राशिफल हेर्नुहोस्


 


वि.सं.२०७६ साल ज्येष्ठ २९ गते । बुधबार । ईश्वी सन् २०१९ जुन १२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि दशमी,३५ घडी ४४ पला,बेलुकी ०७ बजेर २७ मिनेट उप्रान्त एकादशी । नक्षत्र हस्त,२० घडी २६ पला,दिउसो ०१ बजेर २० मिनेट उप्रान्त चित्रा । योग व्यातिपात,०७ घडी ०६ पला,बिहान ०८ बजेर ०० मिनेट उप्रान्त वरियान् । करण तैतिल,बिहान ०८ बजेर ३० मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कन्या,रातको १२ बजेर ४२ मिनेट उप्रान्त तुला । गंगा दशहरा। रामेश्वर गंगापूजा। वज्रगुरु पद्मसम्भव जयन्ती। गोसाइँकुण्ड स्नान समाप्ति। हत्यामोचन तीर्थस्नान। रिडी, रुरुक्षेत्रमा हृषीकेशोत्सव। सर्वार्थसिद्धि योग दिउसो ०१ बजेर २० मिनेटसम्म ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ३२ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई हराउँदै नतिजा तपार्ईँ आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने तपार्ईँको खैरो खन्नेहरु आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपार्ईँ आफ्नै पक्षमा आउँने हुनाले खुसीले उचाई नाघ्नेछ । पुराना सापटि तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा मन जानेछ भने सफल हुनेसुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ भने स्कूल कलेजमा गरिएको लगानी बाट प्रशस्त आम्दानीहुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुनेयोग रहेकोछ । आष मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरजग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुन सक्छ सजक रहनुहोला । बाहिरि बातावरण सँग जुध्न नसक्दा छाति सम्बन्धि समस्या आउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बादबिवाद तथा प्रतिस्पर्धामा तपार्ईँकै जित हुनेछ भने मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपार्ईँकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकि सँगको सम्बन्ध सुदृड भएर जानेछ । बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । छोटो तथा रमाईलो यात्राको तय हुनेछ । माया प्रेम तथा पति पत्नि बिच विश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जीवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलासी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानीगर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनालेनतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिष्ठित काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट ब्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धि मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागि हुदा पढाइ लेखाइ भने थाति रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिश्रम गरेअनुशार प्रतिफल प्राप्त नहुने हुनाले काम गर्न मन लाग्ने छैन । अरुकै लहैलहैमा लाग्नाले पढाइ लेखाइ मा भनेजस्तो नतिजा आउने छैन भने प्रतिष्पर्धिहरु हावि हुनेछन् । व्यापारमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानीनहुने हुदा आर्थिक पाटाहरु बिग्रनेछन् । दाजुभाई सँग मनमुटाव बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ खानपानमा ध्यान लिनुहोला । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनु पर्ने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतगर्दा महत्वपूर्र्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ । समयले साथ दिने हुनालेअन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्तिहरलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानी गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानका समय लगासन गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यत बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुनेहुँदा पढाइ लेखाइ मा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पतिपत्निका साथ रमाईलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारि साधन तथा भौतिक सम्पति जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा अगाडि तपार्ईँको नाम आउदा मन प्रशन्न रहनेछ । माया प्रमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयालि छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्