बेलायतमा “यो नेपाली शीर उचाली” गीतमा प्रधानमन्त्री ओलीलाई सलामी अर्पण


 


बेलायत, जेठ २९

युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोर्खा सैनिकद्वार सम्मान अपर्ण गरेका छन् । युरोपेली मुलुकसहित बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती गोर्खा सैनिकबाट सम्मान प्रदान गरिएको हाे ।

संयुक्त राज्य बेलायको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीस्थित गोर्खा बिग्रेडको मुख्यालयमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

बेलयाती गोर्खा सैनिकहरुले नेपालको राष्ट्रिय गानको धुन बजाएर प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको स्वागतमा ‘यो नेपाली शीर उचाली‘’ बोलको गीतको संगीतमा सैनिकहरुले परेड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्