बाटोमा बालिकालाई जबरजस्ती करणी गर्ने तीन जना पक्राउ


 


तेह्रथुम, जेठ २९

तेह्रथुमको छथर गाउँपालिका – २ हमरजुङबाट १७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ २५ गते साँझ ८ बजेको समयमा शुक्रबारेबाट हमरजुङ जाने बाटोमा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको बाबुले आज बिहान ७ बजे दिएको जाहेरीको आधारमा तत्काल प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरको टोलीले स्थानीय २१ बर्षीय पदम रसाईलीसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । पक्राउ परेका ३ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्