पोखरामा गोली चल्यो, लागूऔषध कारोबारी पक्राउ


 


पोखरा, जेठ २९

प्रहरीले लागूऔषध कारोबारी समाउन आज पोखराको उत्तम चोकमा गोली चलाएको छ । प्रहरीको गोली लागि जोन भन्ने गोविन्द थापा घाइते भएका छन् । दाँया खुट्टामा गोली लागेका थापाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गरेर उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले दाबी गरेको छ ।

जोन केही समयअघि मात्र कतारको कारागारमा ४ वर्ष जेल सजाय भुक्तान गरी नेपाल फर्किएको प्रहरीले जनाएको छ । उनी यसअघि पनि ज्यानमार्ने उद्योग र सार्वजनिक मुद्दामा पक्राउ परेका अभियुक्त हुन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्