भीषण वर्षाका कारण पाँचजना भन्दा बढीको मृत्यु


 


एजेन्सी, जेठ २९

दक्षिणी चीनमा भीषण वर्षा हुँदा पाँच जना भन्दा बढीको मृत्यु भएको छ । यस भीषण वर्षाको चपेटामा परि हजारौंको संख्यामा मानिस फस्नुको साथै घर, हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनालीमा समेत क्षती पुर्याएको स्थानिय अधिकारीलो जानकारी दिएका छन् ।

यस वर्षाका कारण २० लाख मानिसहरु पिडित भएका छन् भने वर्षा अभैँ केही दिनसम्म निरन्तर रहने मौसम पूर्वानुमानसम्बन्धी चिनियाँ निकायले अनुमान गरेका छन् । वर्षाले ग्वाजो प्रान्तको एउटा शहर नै डुवाउनुको साथै यहाँका सडक तथा पुलमा समेत नराम्ररी भत्काएका छन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्