मोरङ उर्लाबारीका मेयर मेसिन लिएर आफैँ धान रोप्न थालेपछी


 


उर्लाबारी, जेठ २९

मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो बुधबार प्रचण्ड गर्मी, हिलाम्मे खेतमा मेसिनबाट धान रोप्दै गरेको अबस्थमा देखिए । उर्लाबारी ९ रानाटोलमा कृषकहरुसँग भलाकुसारी गर्दै उनी खेतमा आफैं मेसिन चलाएर धानको विउ रोप्दै थिए ।

उर्लाबारी नगरपालिकाले कृषकहरुलाई उपलब्ध गराएको धानको विउ रोप्ने मेसिन मेयर फागोले आफैं परिक्षण गरेका हुन् । अव उर्लाबारीमा पहिलो पटक मेसिनबाट धान रोप्न सुरु भएको छ । आर्थिक बर्ष २०७५/७६ का लागि ७० लाख बराबरको बिभिन्न कृषिका समाग्रीहरु कृषकलाई सहयोग गरेको थियो । मेयर फागोले परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषिमा रुपान्तरण गर्न नगरपालिकाले कृषकलाई सहयोग गर्दै आएको बताउनुभयो । उर्लाबारीमा कृषि क्षेत्रको सहयोग प्रभावकारी भएको बताउदै कृषकहरुले उब्जनीमा समेत विगतको तुलनामा प्रगती गरेको बताउनुभयो ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार कृषकहरुलाई बितरण गरेकोे र आफैं कृषकसँग हातेमालो गर्दै सो समाग्रीको परिक्षण गरेको मेयर फागोले बताउनुभयो । धान रोप्ने मेसिनले १ घण्टामा १४ कठ्ठा सम्म रोप्ने गरेको छ । कृषक नरबहादुर मोक्तानले मेसिनबाट धान रोप्न सहज भएको र खेताला अभाव झेल्नु पर्ने समस्याको अन्त्य भएको बताउनुभयो । मेसिनबाट छिटो र सुविधायुक्त तरिकाले धान रोप्न सकिने रहेछ, मोक्तानले भन्नुभयो ।

यसअघि नगरपालिकाले धान रोप्ने मेशिन एकथान, मकै छोडाउने मेशिन १० थान, मकै रोप्ने मेशिन १० थान, पानी तान्ने मोटर ४० थान, प्लेट दाना बनाउने मेशिन दुई थान, मौरीको घार एक सय थान, मह जाल १० थान, एरिएटर १० थान, महमदानी छ थान र फेरोमेन ट्याब एक हजार थान बितरण गरिएको नगरपालिकाका कृषि प्राविधिक सहायक अम्बिकाप्रसाद लुईटेलले जानकारी दिनुभयो । उहाँका अनुसार थप कृषि समाग्रीहरु पनि कृषकलाई चाँडै नै वितरण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्