विराटनगरमा टिपरले ट्याक्टलाई ठक्कर दियो, ट्याक्टर चालक हाम्फालेर बाँचे


 


विराटनगर, जेठ २९

विराटनगर १ पुष्पलालचोक नजिकै रहेको सिंघिया खोलाको पुलमा ट्याक्टर र टिप्पर दुर्घटना भएको छ। विराटचोेक–पुष्पलालचोक सडक खण्ड अन्तरगत बुधबार ट्याक्टरलाई टिपरले ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट ट्याक्टर भने पुलबाट सिंघिया खोलामा खसेको छ । ना ५ ख ५२६४ नम्बरको टिपर पुलको पश्चिम तर्फ उकालोमा ब्याक सरेपछि पछाडी आउँदै गरेको ट्याक्टरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्याललय मोरङले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय बिराटनगरका प्रहरी सहायक निरिक्षक गणेश दाहालका अनुसार टिपरको ब्रेक फेल भएर ट्याक्टरलाई ठक्कर दिएको होे । टिपरको ठक्करबाट को २ त ३०८५ नम्बरको ट्याक्टर खोलामा खसेको छ भने ट्याक्टर चालक विराटनगर १९ का श्रवणकुमार मण्डलले हाम्फालेर ज्यान जोगाएका छन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्