प्रधानमन्त्री ओली यसरी रेल चढेर फ्रान्स पुगे


 


काठमाडौँ, जेठ २९

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली रेल चढेर बेलायतबाट फ्रान्स पुगेका छन्। प्रधानमन्त्री ओली दुईदिने बेलायत भ्रमण सकेर बुधबार रेलबाट फ्रान्स प्रस्थान गरेको फोटो उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटमा सार्वजनिक गरेका हुन् ।

नेपालमा चीत र भारत दुर्वतिरबाट रेल ल्याउने योजना सुनाएर चर्चामा रहेका ओलीले भूमिगत रेलमा लन्डनबाट फ्रान्सको पेरिसतर्फ लागेका हुन् ।

बेलायत अघि ओलीले दुई दिन स्विटजरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) शतवार्षिकी समारोहमा भाग लिएका थिए । बेलायतमा पनि उनले कार्यवाहक प्रधानमन्त्री टेरिजा मे र राजकुमार ह्यारीसँग भेटवार्ता गरेका थिए । ओलीले बिहीबार फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डसँग वार्ता गर्नेछन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्