एनआरएनए जर्मनीको अधिवेसन १६ सेप्टेम्बरमा हुने


 


जर्मनी । एनआरएनए जर्मनीको नियमित सातौ बैठकले १६ सेप्टेम्बरका दिन अधिबेशन गर्ने निर्णय गरेको छ ।  संघका अध्यक्ष बिजय मोक्तानको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा संघका अग्रज तथा अभिन्यताहरुको उपस्थितिमा कार्यसमितिको बैठक निर्णयहरुसहित लामो छलफलबाट पारित भएका छन् ।

एनआरएनए जर्मनीको आगामी योजना र कार्यक्रम तथा अधिवेसन एवम् पुँजीकृत सदस्यता वितरण तथा क्षेत्रीय शाखाहरुको बिस्तार तथा पुनर्गठन एबम क्षेत्रीय अधिवेसन एनआरएनए जर्मनीको अधिवेसन पहिले नै गरिसक्नु पर्ने भएकोले कार्यसमितिको सक्रियता र जिम्मेवारीको बारेमा पनि बिस्तृत छलफल भएको थियो ।

संघलाई जर्मनीमा रहने सबै एनआरएनहरुले अपनोत्व ग्रहण गर्न सक्ने र संघको आर्थिक पारदर्शिता तथा स्वच्छतालाई निरन्तर अगाडी बढाउने प्रतिबद्धतालाई सो बैठकले अझ धेरै परिमार्जित गरेको अध्यक्ष बिजय मोक्तानले जानकारी दिनुभयो ।संघको बैठकले सदस्यता बितरणका लागि संयोजकमा युवा संयोजक रविन लामिछानेलाई जिम्मेवारी प्रदान गरेको छ । सम्पूर्ण क्षेत्रीय शाखाहरु (एलसीसी) हरु आगामी १५ जुलाई देखी २५ अगस्त २०१९ भित्र नयाँ कमिटी गठन गर्नु पर्ने बैठकमा पारीत गरेको छ।

केहि क्षेत्रीय शाखाहरुका मिति पनि निर्धारण भई सकेका छन् । एनआरएनए जर्मनीको बैठकमा उपस्थित सहभागीहरु आईसीसी सदस्यद्वय नारायण अधिकारी र हरेन्द्र वनेम, संरक्षक उषा शर्मा र श्याम खनाल, सल्लाहकार शिखर खड्का, राम गुरुङ, खड्ग न्यौपाने,तेजेन्द्र कार्की ,पूर्व आईसीसी सदस्य सुरेन्द्र प्रधान एनआरएनए जर्मनीको कार्यसमितीबाट माहिल उपाध्यक्ष किरण सिग्देल, उपाध्यक्ष हरी न्यौपाने र मिलन पन्त,महासचिब टंक लम्साल, सचिब राजेश सुनवर ,कोषाध्यक्ष निनम्मा राई, महिला संयोजक भिमानानी श्रेष्ठ, सहसंयोजक सुनिता थापा क्रान,युवा संयोजक रविन लामिछाने , साँस्कृति संयोजक लक्षमण जोशी,प्रवक्ता शंकर डाँगी, कार्यकारीक सद्स्यहरु मा क्रमश , बेल गुरुङ, सुर्य गिरी, मेनका त्रिपाठी, करुना राइ,राजेश कुँवरको उपस्थितमा बैठक सम्पन्न भएको थियो ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्