पेट्रोलियम पदार्थको मूल्य घट्यो, हेर्नुहोस् नयाँ मूल्यसुची


 


काठमाडौं,असार १

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रति लिटर दुई रुपैयाँले घटाएको हो।

निगमका अनुसार अब पेट्रोल एक लिटरको १०८ रुपैयाँ पर्छ। यसैगरी डिजेल र मट्टितेल प्रति लिटर ९६ रुपैयाँ ५० पैसा पर्दछ। घटाइएको मूल्य आइतबार मध्यरातदेखि लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्